Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृह मन्त्रालयले ‘जेन–जी’ आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले आर्थिक सहायता पठाएको छ। तीमध्ये ४९ परिवारले सहायता प्राप्त गरिसकेका छन् भने बाँकी चार परिवारलाई रकम वितरणको प्रक्रिया जारी छ। सहिदका आफन्तबीच सहमति जुटाएर बाँकी परिवारलाई पनि सहायता उपलब्ध गराउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र पाँच लाख रुपैयाँ किरिया तथा अन्य खर्चका लागि दिने निर्णय गरेको थियो। तर, आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीका परिवारलाई यो सहायता नदिने निर्णय गरिएको छ।

जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये तीन जना नेपाल प्रहरी, ५३ जना पहिचान खुलेका सर्वसाधारण र एक जना विदेशी नागरिक छन्। १२ जनाको पहिचान अझै खुलेको छैन। त्यस्तै, कारागारबाट भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागी १० जना कैदीको ज्यान गएको थियो। गृह मन्त्रालयका अनुसार सहिद घोषणा प्रयोजनका लागि मृतकहरूको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत यकिन विवरण संकलन भइरहेको छ।

सरकारले आन्दोलनका क्रममा भएको दमन र क्षतिको अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक आयोग गठन गरेको छ। उक्त आयोगले तीव्र गतिमा काम अगाडि बढाएको मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया