Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने ६ वटा ठूला उद्योगको बिजुली लाइन काटेको छ। मंगलबार बिहान ६ बजेदेखि ती उद्योगहरूको लाइन काटिएको प्राधिकरणले जनाएको छ। लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत बिजुली उपभोग गरी प्रिमियम शुल्क नतिर्ने यी उद्योगहरूमा ठूलो रकम बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

जगदम्बा स्टीलले १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ। यी सबै मिलाएर करिब ४ अर्ब ४० करोड रुपैयाँ तिर्नुपर्ने बताइएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको बिदामा पनि बक्यौता बुझाउन काउन्टर खुला गरिएको छ। किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेपछि काटिएको लाइन पुनः जडान गरिने उनले बताए। यसअघि ओली सरकारले बक्यौता नतिर्ने उद्योगहरूलाई राहत दिएको थियो। तर, हाल उर्जामन्त्री बनेका कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले पुनः बक्यौता असुली सुरु गरेको हो। कात्तिक २ गतेसम्म रकम बुझाउन सूचना जारी गरिएकोमा केही उद्योगले रकम तिरेका छन् भने केहीले किस्ताबन्दीमा तिरिरहेका छन्।

 

 

तपाईको प्रतिक्रिया