समाचार सुन्नुहोस :
काठमाडौँ – तिहारको भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ। उपत्यकाका नाकासँगै बसपार्कहरूमा यात्रुहरूको ठूलो भीड देखिएको छ।
शनिबारदेखि सुरु भएको तिहारको भाइटिकासम्म करिब ५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उपत्यका बाहिरिने मात्र होइन, तिहार मनाउन उपत्यका फर्किने यात्रुहरूको संख्या पनि उल्लेखनीय छ।
ट्राफिक कार्यालयका तथ्यांकअनुसार कात्तिक ३ गते बिहान ६ बजेदेखि कात्तिक ४ गते बिहानसम्म ४० हजार ९७७ जना उपत्यकाबाट बाहिरिएका छन् भने ४० हजार ४०८ जना उपत्यकामा प्रवेश गरेका छन्।








