Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) का अध्यक्ष सानाय ताकाइची जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । 

जापानको संसदले मंगलबार देशकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सानाय ताकाइचीलाई चयन गरेको हो । केवल एक वर्ष प्रधानमन्त्री बनेका इसिबाले मंगलबार बिहानै आफ्नो मन्त्रिपरिषद् सहित राजीनामा दिएका थिए । 
विगत २६ वर्षदेखि लगातार सत्ता साझेदारी गरेको पार्टी कोमेइतोले साथ छोडेपछि लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले जापान इन्नोभेशन पार्टी (निहोन इशिन नो खाइ) संग मिलेर सरकार बनाएको हो । इशिन नो खाइ सत्ता साझेदारी हुने तर मन्त्री भने नहुने घोषणा गरेको छ । 

सन् १९५० को दशकदेखि जापानको राजनीतिमा निरन्तर प्रमुख शक्तिकारुपमा रहँदै आएको एलडिपी पछिल्लो दुई वर्ष यता ठूला-ठूला भ्रष्टाचार काण्ड र जनजिविकासंग सम्बन्धित संकट लगायतका समस्याहरुको सम्बोधन गर्न असफल भएपछि संसदको दुबै सदनमा आफ्नो बहुमत गुमाएको छ ।

६४ वर्षिय ताकाइची स्वर्गीय पूर्व प्रधानमन्त्री शिन्ज्यो आबेकी विश्वास पात्र मानिन्छन् । उनी एलडिपी भित्र रुढिवादी गुटकी सदस्यका रुपमा पनि चिनिन्छन् । गत अक्टोबर ४ मा एलडीपीको प्रमुखमा निर्वाचित भएसंगै उनको एकाएक चर्चा चुलिनुको साथै जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।

जापानको तल्लो सदनमा एलडिपीको १ सय ९६ सिट छ । ताकाइचीलाई प्रधानमन्त्री बन्न कम्तिमा २ सय ३३ सिट अर्थात थप ३७ सिटको आवश्यकता परेको थियो । जसअनुसार जापान इनोभेशन पार्टीसंग मिलेर एलडिपीले सरकार बनाएको हो ।

विज्ञहरुका अनुसार ताकाइची आफ्ना पूर्ववर्ती प्रधानमन्त्रीहरु भन्दा कमजोर प्रधानमन्त्रीकारुपमा दरिने छिन् । किनभने यतिबेला परिस्थिति उनको पक्षमा छैन र राजनैतिक आधार पनि त्यति मजबुत देखिदैंन ।
१९६१ मार्च ७ मा नारामा जन्मिएकी ताकाइची कोवे युनिभर्सिटीबाट बिजनेश एडमिनिष्ट्रेशनमा स्नातक हुन् । उनले १९९३ मा स्वतन्त्र उम्मेदवारकारुपमा राजनीतिक यात्रा सुरु गरी जापानको प्रतिनिधी सभाको सदस्यमा निर्वाचित भएकी थिईन् । पछि १९९६ मा उनी एलडिपी पार्टीमा प्रवेश गरेकी थिईन् । विगतमा उनी पटक पटक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भईसकेकी छिन भने अन्य मन्त्री र राज्यमन्त्री गरेर दर्जनौ पटक मन्त्री भईसकेकी छिन् । ताकाइची नारा प्रिफेक्चरको क्षेत्र नं २ बाट जापानको प्रतिनिधी सभामा नवौं पटक विजयी हुने पाका र खारिएका राजनीतिज्ञ मानिन्छन् ।

आजै दिउँसो प्रम ताकाइचीले आफ्नो मन्त्रिपरिषद् घोषणा गर्ने कार्यक्रम छ । सो मन्त्रिपरिषदमा एलडीपीका शक्तिशाली नेता तारो आसोका निकट सहयोगीहरू र पार्टी नेतृत्वमा उनलाई समर्थन गर्नेहरू रहने अपेक्षा गरिएको छ ।

सत्ता साझेदारी पार्टी इशिन नोका अध्यक्ष योशिमुराका अनुसार, उनको पार्टी एलडीपीसँगको साझेदारीमा पूर्ण विश्वास नआएसम्म ताकाइचीको मन्त्रिपरिषद्मा मन्त्री पद नलिने निर्णय गरेको छ ।

ताकाइचीको अगाडि अब व्यस्त कार्यतालिका छ । यसै साताको अन्त्यमा प्रमुख नीतिगत भाषण, त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगको वार्ता र क्षेत्रीय सम्मेलनहरू उनका तत्काल गर्नुपर्ने कार्यभार रहेका छन् । उनलाई बढ्दो मूल्यवृद्धिलाई चाँडो नियन्त्रण गर्न र डिसेम्बरको अन्त्यसम्ममा अर्थतन्त्र पुनर्जीवनका उपायहरू ल्याउनुपर्ने दबाब पनि छ ।

उनी जापानकी पहिलो महिला प्रधानमन्त्री भए पनि लैंगिक समानता वा विविधता प्रवर्द्धनमा उनलाई खास चासो छैन । ताकाइची एक यस्ता नेता हुन् जसले महिलाको प्रगतिका लागि बनाइएका नीतिहरू अवरुद्ध गर्दै आएकी छन् । उनी राजपरिवारमा पुरुष-उत्तराधिकार प्रणालीलाई समर्थन गर्छिन्, समान-लिंग विवाहको विरोध गर्छिन्, र विवाहपछि पति-पत्नीले फरक थर प्रयोग गर्न नपाउने धारणा राख्छिन् ।

अघिल्ला प्रधानमन्त्री शिन्जो आबे की नजिककी शिष्या ताकाइचीले, उनका नीतिहरू बलियो सैन्य, अर्थनीति र जापानको शान्तिवादी संविधान संशोधन पछ्याउने अपेक्षा गरिएको छ । तर उनको कमजोर राजनीतिक आधारका कारण उनले कति सफलता पाउने हुन् भन्ने अनिश्चित छ ।***

तपाईको प्रतिक्रिया