Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेकी हुन्। गंगाले आफूलाई देखाएर संयोजक प्रचण्ड र पार्टीविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेकाले सचिवालयको जिम्मेवारीबाट हट्ने निर्णय गरेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।’

दाहालले आफू अझै पनि पार्टीकी प्रतिबद्ध कार्यकर्ता रहने उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ता र आम नागरिकबाट पाएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छन्।

 

 

तपाईको प्रतिक्रिया