समाचार सुन्नुहोस :
काठमाडौँ – इजरायलमा मारिएका विपिन जोशीको शव नेपाली सेनाले हेलिकप्टरमार्फत उनको घर कञ्चनपुर पुर्याउने तयारी गरेको छ। सोमबार दिउँसो विपिनको शव काठमाडौँ विमानस्थल आइपुगेको हो। सेनाले आजै हेलिकप्टरमार्फत शव कञ्चनपुर लैजाने भएको छ।
उनको अन्तिम दाहसंस्कार कञ्चनपुरमै गरिनेछ। विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको शवमाथि राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिन्।साथै गृहम्नत्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायत मन्त्रीहरूले माल्यार्पण गरेर सम्मान प्रकट गरे।
विपिनलाई श्रद्धाञ्जली दिन उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र आफन्तजन उपस्थित थिए। शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा आयोजित कार्यक्रममा पनि उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।








