Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज कात्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार मनाइँदै छ। यो दिन कागलाई यमराजका दूतका रूपमा मान्दै बिहानै मीठा खानेकुरा अर्पण गरी पूजा गरिन्छ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।

हिन्दू धर्मशास्त्रअनुसार यमराजले लोकका समाचार कागमार्फत सुन्ने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने परम्परा छ। आजका दिन “कागले यमराजका लागि शुभ सन्देश लगोस्” भन्ने कामना गर्दै कागलाई दही, भात र मीठा परिकार दिइन्छ। लोक विश्वासअनुसार घर वरपर काग कराएमा शुभ खबर ल्याएको मानिन्छ।

‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय भनाइअनुसार कागलाई दही–भात मन पर्ने भएकाले आज दही–भात खुवाउने चलन छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा–आराधना गरिँदै छ।

तिहार पर्वले यमराज र धर्मराज दुवै रूपको स्मरण गराउँछ। दुष्कर्म गर्नेले यमराजको दण्ड पाउने र सत्कर्म गर्नेले धर्मराजको रक्षा पाउने विश्वास रहिआएको छ। शनिबार साँझदेखि नै यमयातनाबाट मुक्ति पाउने विश्वासका साथ यम दीपदानको क्रम सुरु भएको छ, जुन दक्षिण तिर फर्काएर गरिन्छ।

यस वर्ष तिथिको घटबढका कारण शनिबार बेलुकादेखि यमपञ्चक सुरु भएको हो। सोही दिन धनतेरस पनि मनाइएको थियो, जसमा गरगहना र भाँडाकुँडा किन्ने परम्परा छ। यसो गर्दा लक्ष्मी घरमै स्थिर बस्ने धार्मिक विश्वास रहेको छ।

 

 

तपाईको प्रतिक्रिया