Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनका अगुवाहरूलाई ‘सच्चा मित्र र दुस्मन’ छुट्याउन अपिल गरेका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले युवाहरूलाई आफूलाई माया गर्नेहरूलाई चिन्न र घटनाक्रमको राम्रोसँग समीक्षा गर्न आग्रह गरे ।

प्रचण्डले जेन-जी आन्दोलनलाई एक पक्षले ‘गलत ढंगले व्याख्या गर्न खोजेको’ भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘एउटा विचारले तपाईंहरूको आन्दोलनलाई ‘आतंकवादी’ भनेको छ । तपाईंहरूलाई आतंककारी भन्दा हामीलाई चसक्क बिझ्छ । हिजो हामीलाई पनि उत्पीडनमा परेकाहरूको पक्षमा संघर्ष गर्दा आतंककारी भन्थे । आज तपाईंहरूलाई त्यस्तै भनिँदैछ ।’

प्रचण्डले जेन-जी युवाहरूका माग जायज रहेको दोहोर्याउँदै आन्दोलनका क्रममा सरकारलाई खबरदारी गरेको स्मरण गराए । ‘तपाईंहरूको पक्षमा सबैभन्दा पहिले बोल्ने पार्टी माओवादी हो,’ उनले भने, ‘२३ गते साँझ दमनको विरोध गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गर्ने पहिलो पार्टी माओवादी हो ।’

भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि माओवादी केन्द्रले निरन्तर काम गर्दै आएको र सरकारमा नरहँदा पनि खबरदारी गरिरहेको प्रचण्डको भनाइ थियो । 

तपाईको प्रतिक्रिया