Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – बिहीबार दिउँसो पश्चिमी जापानको एउटा व्यापारिक विमानस्थलमा संयुक्त राज्य अमेरिकाका तीनवटा सैन्य हेलिकप्टरले आकस्मिक अवतरण गरेका छन् भनी जापानी रक्षा मन्त्रालयले जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार एउटा हेलिकप्टरमा इन्जिनमा समस्या देखिएको थियो । हेलिकप्टरहरू कागावा प्रान्तको ताकामात्सु विमानस्थलमा दिउँसो २:२५ बजेतिर अवतरण गरेका थिए र करिब दुई घण्टापछि त्यहाँबाट उडेका थिए ।

यस सम्बन्धमा थप विवरण तत्काल उपलब्ध हुन सकेको छैन । विमानस्थल सञ्चालकका अनुसार आकस्मिक अवतरणले विमानस्थलमा हुने व्यावसायिक उडान तथा अवतरणमा कुनै असर परेको थिएन ।

 

तपाईको प्रतिक्रिया