Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको पछिल्लो विवरणअनुसार १ हजार ३६८ जना घाइते भएका छन्। तीमध्ये ३२१ जना अझै अस्पतालमा उपचाररत छन् भने ९४९ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र शासकीय अव्यवस्थाविरुद्ध भइरहेको जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ठूलो संख्यामा मृत्यु र घाइते भएका हुन्। मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल तथा बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोड्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। त्यस क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो। प्रदर्शनकारीहरूले घाइतेलाई अस्पताल पुर्‍याएका थिए, तर धेरैजनाको बाटैमा वा उपचारका क्रममा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया