Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रदर्शनरत युवा र नेपाली सेनाबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफल भइसकेको थियो।

आज हुने वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुने जनाइएको छ। प्रदर्शनकारी युवाहरूले राजनीतिक दललाई सत्ताबाट हटाएर नागरिक सरकार बनाउनुपर्ने माग गर्दै आएका छन्।

यसबीच काठमाडौंका मेयर बालेन शाहले संसद् विघटनको सर्तमा वार्तालाई समर्थन गरेका छन्। सेनाले आन्दोलनकारीलाई संयमित रहन र संवादमा आउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया