Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्ने र भण्डारण गर्ने काम तत्काल रोक्न सरकारलाई आदेश दिएको छ। मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यो आदेश दिँदै सरकारले यस विषयमा प्रभावकारी नियमन र निगरानी गर्नुपर्ने बताएको हो।

अधिवक्ता निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायत निकायलाई विपक्षी बनाएर १ भदौमा रिट दायर गरेका थिए। बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायगोनिस्टिक प्रालिले किशोरीहरूको डिम्ब अवैध रूपमा निकालेर बिक्री गरेको घटना सार्वजनिक भएपछि यो मुद्दा सर्वोच्च पुगेको हो।

कानुन बनाएर मात्र महिला तथा किशोरीहरूको डिम्ब निष्काशन र भण्डारण गर्नुपर्ने माग अनुसार न्यायाधीश ढुंगानाको इजलासले आदेश जारी गरेको हो।

 
 

तपाईको प्रतिक्रिया