Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार पत्रकार सम्मेलनमा उनले राजनीतिले बिगारेको अवस्था सुधार्न आफू र अभियानका साथीहरूले दल गठन गर्ने अठोट गरेको बताए। उनले चाँडै पार्टीको नाम पनि सार्वजनिक गर्ने जनाएका छन्।

प्रसाईँले आफूलाई राजनीतिक चेत बोकेको व्यवसायी बताउँदै परिवारभन्दा अघि नेपाल र नेपालीलाई प्राथमिकता दिने दाबी गरे। उनले आफूलाई किन्ने प्रयास भएको खुलासा गर्दै असफल भएपछि भौतिक रूपमा सिध्याउन खोजिएको आरोप समेत लगाए।

गत १५ चैत्रमा राजावादीको तीनकुने आन्दोलनमा संलग्न भएको आरोप खेपेका उनले त्यसकै कारण आफूलाई लक्षित गरी हमला गर्न खोजिएको दाबी गरे। सो क्रममा आफू भाग्न बाध्य भएको तर्कसमेत प्रस्तुत गरे।

गत मंसिरमा पक्राउ परेका प्रसाईँ दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट रिहा भएका थिए। उनले अब आफ्नो समय आएको दाबी गर्दै “म आएपछि कोही भाग्न पाउने छैन, बरु सर्वसाधारणको दिन आउनेछ” भन्ने चेतावनी पनि दिएका छन्।

तपाईको प्रतिक्रिया