Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री बनेको १३ महिनापछि केपी शर्मा ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएका छन्। नेपालमा प्रधानमन्त्री बनेपछि भारत र चीनको भ्रमणलाई नेतृत्वको विदेश नीति मापन गर्ने परम्परा रहिआएको छ। त्यसैले ओली प्रधानमन्त्री बनेदेखि नै भारत भ्रमणको प्रतिक्षा हुँदै आएको थियो।

आइतबार नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तो हस्तान्तरण गरेका हुन्।

यसअघि चीन भ्रमण गरिसकेका ओलीले भारतबाट निम्तो नपाउँदा राजनीतिक र कूटनीतिक वृत्तमा उनी र भारतबीचको सम्बन्धबारे विभिन्न टिप्पणी भइरहेका थिए। अब ओलीको भ्रमण आगामी भदौ ३१ गतेदेखि हुने भएको छ। सुरुमा दुई दिनको भनिएको भ्रमण तीन दिनसम्म लम्बिने भएको छ। तर, अन्तिम मिति भने दुबै देशले पछि औपचारिक रूपमा घोषणा गर्नेछन्।

‘नेबरहुड फर्स्ट’ नीति लिएका प्रधानमन्त्री मोदीको छिमेकीहरूसँगको सम्बन्ध पहिलेभन्दा सहज नभएको टिप्पणी हुँदै आएको छ। बंगलादेश र पाकिस्तानसँग मात्र होइन, अमेरिकासँगको दबाब बढेसँगै मोदीले नजिकका मुलुकहरूसँग सम्बन्ध मजबुत बनाउन चासो देखाइरहेका छन्। यही पृष्ठभूमिमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको बताइएको छ।

तपाईको प्रतिक्रिया