Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भएको शिष्टाचार भेटमा उक्त निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले भेटमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको पुष्टि गरे । निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरेको रिमालले जानकारी दिए ।

उक्त भेटवार्तामा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई निरन्तरता दिने तथा आपसी सम्बन्धका विविध पक्षमाथि सौहार्दपूर्ण छलफल भएको थियो । दुई छिमेकी राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता भ्रमणहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा दुवै पक्षबीच कुराकानी भएको बताइएको छ ।

यद्यपि, भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । दुवै देशका कूटनीतिक संयन्त्रले आपसी समझदारीमा भ्रमणको उपयुक्त मिति र कार्यतालिका तय गर्ने बताइएको छ । मिति निश्चित भएपछि आधिकारिक रूपमा घोषणा गरिनेछ ।

 

तपाईको प्रतिक्रिया