Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भदौ महिनाको पहिलो दिन, आइतबार सेयर बजार परिसूचक (नेप्से) नकारात्मक देखियो। बजार परिसूचक २७.१४ अंकले घटेर ०.९७ प्रतिशतले तल झर्‍यो। यसपछि नेप्से २,७६१.२२ बिन्दुमा पुगेको छ।

आज ३१७ वटा कम्पनीका २ करोड ५ लाख कित्ता सेयर किनबेच भई ७ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीमध्ये ५८ वटा कम्पनीको मूल्य बढ्दा १९१ वटा कम्पनीको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थानमा रह्यो। यस कम्पनीको मात्रै ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्स र नेपाल रिपब्लिक मिडिया क्रमशः दोस्रो र तेस्रो स्थानमा परे। आज सबै समूहका परिसूचक नकारात्मक भए। बैंकिङसहित पाँच समूह १ प्रतिशतभन्दा बढीले घटे भने बाँकी समूहमा तुलनात्मक रूपमा कम गिरावट देखियो।

समग्र बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले नाफा कमाए। सबैभन्दा बढी बढ्नेमा राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फन्ड–१ रह्यो, जसको मूल्य ७.९३ प्रतिशतले बढेर ११.०३ रुपैयाँ पुगेको छ। त्यसैगरी अपर साङग्जे हाइड्रोपावर ६.२९ प्रतिशत र कालिका पावर कम्पनी ५.९६ प्रतिशतले बढे। उता, सम्पदा लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ७.५ प्रतिशतले घटेर ९८९.८४ रुपैयाँमा झरेको छ।

तपाईको प्रतिक्रिया