Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई राजीनामा दिन आग्रह गरेका छन्। उनले इजरायलमा हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारमा प्रभावकारी पहल गर्न नसकेको भन्दै परराष्ट्र मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएका हुन्। शाहीका अनुसार विपिनको परिवार बिचल्लीमा परे पनि मन्त्रालयले जिम्मेवारीपूर्वक काम गर्न सकेन।

सामाजिक सञ्जालमार्फत शाहीले मन्त्री देउवा र मन्त्रालयका कर्मचारीमाथि कडा आलोचना गर्दै उनीहरूलाई कूटनीतिक ज्ञानको अभाव रहेको आरोप लगाए। उनले लेखेका छन्, “नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेकालाई सहयोग गर्न नसक्ने परराष्ट्र मन्त्री र कर्मचारीको पदमा रहन कुनै औचित्य छैन।”

शाहीले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने, कूटनीतिक क्षमता नभएका कर्मचारीलाई पनि पदमा बसिरहन नदिने व्यवस्था हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया