Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका विदेश सचिव विक्रम मिश्री भोलि आइतबार दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्। उनको नेपाल यात्रा परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा हुने भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग र दुवै देशका साझा हितका विषयमा सचिवस्तरीय छलफल हुने छ।

काठमाडौँमा रहँदा मिश्रीले नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी पर्सि सोमबार भारत फर्कनेछन्।

तपाईको प्रतिक्रिया