Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइने भएको छ । कारागार व्यवस्थापन विभागको निर्णयअनुसार उनलाई ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गर्न लागिएको हो ।

विभागले शुक्रबार लामिछानेको कारागार सरुवाको निर्णय गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्राचार गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको हो । लामिछानेलाई लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोली गाडीसहित भैरहवा कारागार पुगिसकेको छ ।

उनलाई दिउँसो ३ बजेर १० मिनेटमा बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइनेछ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै नख्खु कारागार लगिने जनाइएको छ । स्रोतका अनुसार, सभापति लामिछानेले नै कारागार सरुवाका लागि निवेदन दिएका थिए । उनको निवेदन र सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर गर्दै कारागार प्रशासनले उनलाई नख्खु स्थानान्तरण गर्ने निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया