समाचार सुन्नुहोस :
काठमाडौँ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार अन्य ३० देखि ३५ जना नेपाली बिरामी परेका छन्।
दूतावासले जनाएको अनुसार बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार विषाक्त मदिराबाट १६० जना बिरामी परेका थिए। जसमा २३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १० नेपालीसहित अन्य एसियाली नागरिक रहेका छन्।
दूतावासले ३५ जना नेपाली अस्पताल भर्ना भएको पुष्टि गर्दै तीमध्ये केहीको मृत्यु भएको र केहीको अवस्था गम्भीर रहेको जनाएको छ।








