Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनमा प्रोस्टेट क्यान्सर पत्ता लागेको छ। जुन क्यान्सर शरीरका हड्डीसम्म फैलिएको चिकित्सकीय परीक्षणबाट पुष्टि भएको छ। बाइडेनको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उनलाई गरिएको परीक्षणमा ‘हाई ग्रेड’ क्यान्सर देखिएको जानकारी दिएको छ। ८२ वर्षीय बाइडेनले पिसाबसम्बन्धी समस्या देखिएपछि चिकित्सकसँग परामर्श लिएका थिए। जसपश्चात क्यान्सरको पुष्टि भएको हो।

‘हाई ग्रेड’ भनिने यो प्रकारको क्यान्सर तीव्र गतिमा शरीरमा फैलिने सम्भावना हुन्छ। क्यान्सर रिसर्च यूकेका अनुसार यस्तो अवस्थालाई गम्भीर मानिन्छ। यद्यपि, बाइडेनको कार्यालयले क्यान्सर ‘हर्मोन–सेन्सिटिभ’ रहेको जनाउँदै यसको उपचार सम्भव रहेको बताएको छ। हाल बाइडेन र उनका परिवारले विभिन्न उपचार विकल्पबारे छलफल गरिरहेका छन्।

पूर्वराष्ट्रपतिमा क्यान्सर पत्ता लागेको समाचार सार्वजनिक भएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सहानुभूति प्रकट गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा ट्रम्पले पत्नी मेलानियासहित बाइडेनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उनी चाँडै निको हून् भन्ने कामना गरेका छन्।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया