Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

टोकियो – जापान सरकारले बजारमा चामलको मूल्य वृद्धि नियन्त्रण गर्न भण्डारण गरिएको चामलको आपूर्ति लगभग दोब्बर बनाउने तयारी गरिरहेको छ । हाल चामलको मूल्य ऐतिहासिक उचाइमा पुगेको अवस्थामा, आपूर्ति कम भएको कारण यस्तो कदम चाल्न लागिएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले मार्चदेखि अप्रिलसम्म तीन चरणमा लिलामीमार्फत ३ लाख २१ हजार टन चामल बजारमा ल्याइसकेको छ । त्यसबाहेक, जुलाई महिनासम्म थप ३ लाख टन चामल भण्डारणबाट बजारमा ल्याउने योजना बनाइँदैछ । यदि प्रस्तावित योजनाअनुसार आपूर्ति गरिएमा सरकारी चामलको भण्डारण ३ लाख टनमा झर्नेछ, जुन सामान्यतः आवश्यक मानिने संख्याको एकतिहाइ मात्र हो ।

चामलको औसत मूल्य १८ हप्तासम्म लगातार बढेपछि मे ४ सम्मको हप्तामा पहिलोपटक केही घटेको देखिएको छ । कृषि मन्त्रालयका तथ्याङ्क अनुसार २०२४ मा चामल उत्पादन ६.७९ मिलियन टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ लाख ८० हजार टनले बढी हो । तर पनि बजारमा आपूर्ति कम देखिएको छ ।

२०२४ जनवरीको अन्त्यसम्म प्रमुख वितरणकर्ताहरूले सुरक्षित गरेको चामल अघिल्लो वर्षको तुलनामा २ लाख ३० हजार टनले कम रहेको मन्त्रालयले जनाएको  छ । यो संख्याले डिसेम्बरको तुलनामा झनै गिरावट देखाएको छ । मन्त्रालयको आशंका अनुसार थोक व्यापारी र किसानहरूले भविष्यमा मूल्य अझै बढ्ने अपेक्षामा चामल संचित गरेका हुन सक्छन्।

२०२३ को गर्मीमा उच्च तापक्रमका कारण चामलको आपूर्ति घटेको थियो । उता, विदेशी पर्यटकको उल्लेखनीय वृद्धि सँगै होटल तथा रेस्टुराँहरूमा चामलको माग बढेको थियो, जसले बजारमा चाप थपेको हो ।

तपाईको प्रतिक्रिया