Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ  – जम्मु-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ। हमलामा २६ जनाको मृत्यु भएपछि भारतले सिन्धु जलसम्झौता निलम्बन गरेको थियो। यसको प्रतिक्रियामा पाकिस्तानले पनि सिमला सम्झौतालगायत सबै द्विपक्षीय सम्झौता र व्यापार स्थगित गर्ने निर्णय गर्दै, भारतीय जहाजहरूलाई आफ्नो आकाश प्रयोग गर्न प्रतिबन्ध लगाएको हो।

यो निर्णयबाट एयर इन्डिया र इन्डिगो जस्ता ठूला भारतीय एयरलाइन्स प्रभावित भएका छन्। अब ती जहाजहरूले युरोप, मध्यपूर्व र अमेरिका पुग्न लामो मार्ग प्रयोग गर्नुपर्नेछ, जसले उडान समय र इन्धन खर्च बढाएको छ।

पाकिस्तानले अन्य देशबाट भारत आउने जहाजलाई भने आकाश प्रयोग गर्न अनुमति दिएको छ। प्रतिबन्ध कम्तिमा मे २३ सम्म जारी रहनेछ। सन् २०१९ मा पनि पाकिस्तानले यस्तै प्रतिबन्ध लगाउँदा भारतीय एयरलाइन्सलाई ठूलो आर्थिक नोक्सानी भएको थियो। अहिले सिमानामा दुवै देशका सेनाबीच गोली हानाहान भइरहेका छन्। संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया