समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
काठमाडौँ – चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका प्रमुख योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी हाल भारतको नियन्त्रणमा छन् र नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ ।
तीनकुने घटनाका दिन प्रसाईंले सवारी साधन प्रयोग गरेर प्रहरीलाई नै ठक्कर दिँदै फरार भएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए र प्रहरी उनको खोजीमा जुटिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालमा विभिन्न भिडियो पोस्ट गरी आफू फरार नरहेको दाबी गर्दै आएका थिए ।
तर, निरन्तर सामाजिक सञ्जालमार्फत सक्रिय देखिए पनि प्रहरीले उनको ठेगाना पत्ता लगाउन नसकेको भन्दै सुरक्षा संयन्त्रको आलोचना भएको थियो ।
उक्त प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । साथै, त्यहाँ निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी लगायतको ठूलो क्षति पुगेको थियो । घटनापछि प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।