Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – कुनैबेला नेपालमा हुने अन्तर माद्यामिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता ‘बीरेन्द्र शिल्ड‘ को झल्को दिने अन्तर माद्यामिक विद्यालय स्तरिय फुटबल प्रतियोगिता जापानमा पनि हुने गर्दछ । जापानमा रहेका ४७ प्रिफेक्चर र टोकियो थप एक समेत गरी हरेक प्रिफेक्चर भित्र रहेका माद्यामिक विद्यालयहरु बीचको प्रतिस्पर्धाबाट बिजयी हुने ४८ टिम बीच गत जनवरीमा भएको फाइनल प्रतिस्पर्धामा गुन्मा टिमले बाजी मारेको हो । 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गुन्मा प्रिफेक्चरमा रहेका ७७ वटा माद्यामिक विद्यालयहरुबीच भएको प्रतिस्पर्धामा बिजयी भई गुन्मा प्रिफेक्चरकै टिमबाट खेल्ने अवसर पाएको मायाबासीस्थित इकुयइ माद्यामिक विद्यालयले जापानभरिकै माद्यामिक विद्यालयहरुलाई पछाडि पार्दै जापान टप बन्न सफल भएको हो । जापानभरिमा कुल ३ हजार ८ सय वटा माद्यामिक विद्यालयहरु छन् ।  

जापान टप बन्न सफल विद्यालयका स्पोर्टस टिचर चुतोमु साकुराईले समुद्रपारिसंग कुरा गर्दै भने – ‘हाम्रो इकुयइ हाइस्कुल मायाबासी टिमले गुन्मा प्रिफेक्चरभरिका सबै हाइस्कुलहरुलाई परास्त गर्दै अन्य ४७ वटा प्रिफेक्चरल टिमहरुसंग प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो, त्यसमा पनि हामीले शानदार जित हासिल गर्न सफल भएका छौं । जापानभरिकै हाइस्कुलबाट सर्बश्रेष्ठ बन्न पाउँदा खुशी लागेको छ ।‘ 

यहाँनेर एउटा सुखद संयोग त के भने उक्त जापान टप हुन सफल मायाबासी फुटबल टिममा १ जना खेलाडी नेपालीको छोरा पनि रहेको खुल्न आएको छ । उनी हुन् – ताकेनोया युगा सुबेदी । यो सूचना पाएलगत्तै सुबेदीको सम्पर्कसूत्र पत्ता लगाई उनका क्लास टिचर समेत रहेका विद्यालयका स्पोर्टस् टिचर साकुराईको सहयोगमा उनलाई भेट्न गुन्माको ताकासाकी पुग्दा सुबेदी आफ्ना अर्का गुरु हिरोआकी माचुशिताबाट फुटबलको प्रशिक्षण लिईरहेका थिए । खेल मैदानमै भेटेर कुराकानी गर्दा उनी माद्यामिक तहको दोस्रो वर्षमा अध्ययनरत रहेछन् । तीन सन्तान मध्य जुम्ल्याहा दाजुभाइमा जेठो सन्तान उनी रहेछन भने निम्नमाद्यामिक तहमा अध्ययनरत एउटी बहिनी रहिछन् । उनकी बहिनी केहि महिना अगाडि मात्र २ हप्ताका लागि एक्लै नेपाल घुम्न गएर फर्केकी रहिछन् । स्रोतका अनुसार माबिस्तरिय फुटबलमा जापान टप बन्न सफल गुन्मा टिमका १ जना खेलाडी ताकेनोया युगा सुबेदीका बुवा पोखरा कास्कीकोटका टिकाराम सुबेदी रहेछन् । टिकाराम सुबेदीको जापानी नागरिकसंग बिबाह भई उनीबाट जन्मेका तीन सन्तान मध्यका पहिलो सन्तान उनै ताकेनोया रहेछन् । ताकेनोयाले जतिबेला जापानब्यापी हाइस्कुल स्तरिय फुटबल च्याम्पियनशीपको उपाधि चुम्दै थिए त्यतिबेला उनका बुवा यस धर्तीमा थिएनन् । उनको बुवा टिकारामको गत अक्टुबर २६ मै दुर्घटनामा परी निधन भईसकेको रहेछ । 

सानैदेखि फुटबलमा औधी रुची राख्ने छोरोको ईच्छा पूरा गर्न बाबुले दिदैं आएको साथ र सपोर्ट बारे स्मरण गर्दै ताकेनोया अगाडि भन्छन् –‘मेरो बुवालाई पनि फुटबल सबैभन्दा मनपर्ने खेल हो, उहाँ पनि आफ्नो समयमा फुटबलको खेलाडी भएको बताउनुहुन्थ्यो, उहाँकै साथ र सपोर्टले नै आज म यो ठाउँमा पुगेको हुँ । तर दुखको कुरा जसको प्रेरणाले म यो क्षेत्रमा आएँ र यति ठूलो सफलता हासिल गरें तर उहाँलाई नै यो खुशी बाँड्न पाईन ।‘  

हाल १६ वर्षिया ताकेनोया पनि ३ वर्षको हुँदा नेपाल गएका रहेछन् । तर अहिले उनको मानसपटलमा नेपालको बारेमा त्यति धेरै स्मरणमा नरहेको बताउँछन् । बिहान उठेदेखि सुत्ने बेलासम्म फुटबललाई पहिलो प्राथमिकतामा राखेका ताकेनोया फुटबल प्रशिक्षणकै लागि होस्टेलमा बसेर पढाईसंगै फुटबल खेलिरहेका छन् । उनी खासमा मिड फिल्डर खेलाडी हुन् तर उनी अहिले आवश्यकता अनुसार लेट वा राइट पोजिशनमा पनि खेल्न सक्ने बताउँछन् । फुटबललाई नै जीवन सम्झेका ताकेनोयाले जापानकै नेशनल प्लेयर बन्ने सपना बोकेको बताए । अध्ययनसंगै फुटबलमा करियर बनाउन त्यति सजिलो नभएको अनुभव सुनाउँदै चाहेको बेलामा नजिकै साइतामामा रहेकी आनी आमा र बहिनीलाई भेट्न जाने समय समेत निकाल्न मुस्किल हुने गरेको बताए । निकट भविष्यमै समय मिलाएर आफ्ना बुवा जन्मेको देश नेपाल घुम्न जाने ईच्छा रहेको बताउँदै उनले फुटबल खेलको माध्यमबाट नेपाल र नेपाली समुदायसंग अझ नजिक हुन पाउँदा खुशी लागेको बताए ।           

उनका भाइ पनि फुटबल खेलाडी नै भएकोले होस्टेलमा बसेर पढाईसंगै निगातामा फुटबल प्रशिक्षण लिईरहेका छन् । साइतामाको कुमागायामा बस्दै आएको सुबेदीको परिवारमा हाल उनकी आमा र बहिनी मात्र छन् । आफु साइतामा बस्दै आएको भएता पनि अग्रज साथीहरुको सल्लाहमा ताकेनोयाले गुन्माकेनको मायाबासीस्थित इकुयई हाइस्कुल रोजेका रहेछन् । अहिले आएर आनो रोजाई ठीक साबित भएको बताउँछन् । स्मरण रहोस्, १०३ औं अल जापान हाइस्कुल फुटबल च्याम्पेनशिपको फाइनल गत जनवरी १३ मा भएको थियो । जापानभरिका ४७ प्रिफेक्चर र राजधानी टोकियाबाट थप एक गरी जम्मा ४८ टिम बिचको प्रतिस्पर्धा गत डिसेम्बर २८ बाट सुरु भई जनवरी १३ मा समापन भएको थियो । 

स्मरण रहोस् ताकेनोयालाई भेट्न नेपाल युथ सकर प्रोजेक्ट सञ्चालन गर्दै आएको संस्था एनपिओ नेपायसका अध्यक्ष बसन्त गौचन, उपाध्यक्ष प्रकाश तुलाचन, इनोउय कोजुय सहित समुद्रपारिको टोली टोकियोबाट गुन्माकेनको ताकासाकी पुगेको थियो । प्रस्तोताः तिलक मल्ल (कुराकानीमा आधारित) ***

तपाईको प्रतिक्रिया