Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – टी-२० विश्वकपको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपालको बहादुरीपूर्ण प्रदर्शनको खुलेर प्रशंसा भइरहेको छ। विश्वभरका क्रिकेट समर्थकले यसलाई दुखद क्षण माने पनि, दक्षिण अफ्रिकाविरुद्धको प्रदर्शनको तारिफ गरेका छन्।

जित नजिक पुगेर पराजित हुनु नेपाली समर्थकलाई चित्त बुझिरहेको छैन। इन्डियन प्रिमियर लिग क्लब राजस्थान रोयल्सले नेपाली खेलाडीको प्रतिस्पर्धात्मक खेलको प्रशंसा गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले गर्व गर्न लायक प्रदर्शन भन्दै क्यानलाई मेन्सन गरेको छ।

कमेन्टेटर मोहम्मद काइफले अन्तिम रन लिने क्रममा गुल्सनको गति धिमा हुँदा सुपर ओभरको मौका गुमेको बताए। उनले नेपाली क्रिकेटले धेरैको मन जितेको बताए। सामाजिक सञ्जालमा धेरैले नेपाली खेलाडीको प्रशंसा गरेका छन् भने केहीले जित नजिक पुगेर चुकेको भन्दै आलोचना गरेका छन्। दिपेन्द्र सिंह ऐरी र गुल्सनको दौडलाई लिएर पनि ट्रोल गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया