Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो ।

योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर सिरिज जितेको छ भने नेदरल्याण्डसले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गरेको छ । त्यसैगरी नेपालले भने ४ खेलमा केवल एक खेल मात्र जितेर २ अंक हासिल गरेको छ ।

लिग-२ को यो सिरिज सकिएसँगै अब नेपाल, नेदरल्याण्डस र नामिबियाले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् । सिरिजको पहिलो खेल फेब्रुअरी २७ मंगलबार टियु मैदानमा नेपाल र नामिबिया खेल्दै छन् ।

त्यसैगरी नेपालले अब आइसीसी क्रिकेट विश्वकप लिग-२ मा अर्को सिरिज आगामी सेप्टेम्बरमा क्यानडामा क्यानडासहित ओमानसँग खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया