Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृङ्खला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा गरेको छ। नेपालका लागि रोहित पौडेलले ८६, देव खनालले ७६, अनिल साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रन बनाए।

क्यानडाका लागि हर्स ठाकुर र ईश्वरज्वत सोनीले दुई-दुई, साद विन जाफर र दिलप्रित बज्वाले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको क्यानडले नौ विकेटको क्षतिमा २८५ रन बनाएको हो। क्यानडाका लागि आरोन जोनसनले ६५, नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४० र प्रगत सिंहले ३८ रन बनाए।

नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले दुई-दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक-एक विकेट लिए। यो जितसँगै नेपालले शृङ्ला जितेको छ। यअसघि बिहीबार भएको पहिलो खेल सात रनले जितेको थियो।

तपाईको प्रतिक्रिया