Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – नेपाल यूथ स्पोर्टस क्लब (NYSC) जापानले आगामी  मार्च १ तारिख प्रथम (N.Y.S.C) कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । जापान आफ्नो स्थापना कालबाटै भलिबल प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउँदै आएको क्लबले पहिलोपटक प्रतियोगिता गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली भूमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरूलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार तथा दीर्घ रोग लागि उपचार गराइरहेका भलिबल खेलाडीहरूलाई  उपचारमा सहयोग गर्ने उद्देश्य सहित भलिबल प्रतियोगिता आयोजना गर्न लागेको  क्लबका अध्यक्ष वसन्त थापाले बताए । ‘खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो’ भन्ने मूल भावनाका साथ स्थापना भएको यो क्लब युवाहरूमा अनुशासन कायम राख्दै खेलकुदको माध्यमबाट आपसी सद्भाव, सुमधुर सामाजिक सम्बन्ध निर्माण गरी नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य रहेकोले प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न प्रतियोगिताको आयोजना गरिन लागेको कार्यक्रम संयोजक भिक्टर ठाडा मगरको भनाई छ ।

जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायत सम्पूर्ण जापानवासी नेपालीहरूको तर्फबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहँदै सबै जापानवासी नेपालीहरूमा आर्थिक नैतिक तथा भौतिक सहभागिताको लागि आर्थिक संयोजक केशव सुवेदीले सबैमा अनुरोध गरे ।

प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार येन तोकिएको छ भने प्रथम हुने टिमलाई २ लाख ५५हजार ५ सय ५५येन नगदसहित कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई १ लाख ५५हजार  ५ सय ५५येन नगदसहित  ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना दुई टिमलाई नगद ५५ हजार ५ सय ५५ येन नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिता ७ विधाका ७ जनालाई उत्कृष्ट छनोट गरि  ट्रफि प्रमाणपत्र प्रदान गरिने तथा अनुशासित टिम छनोट गरी ट्रफीले सम्मान गरिनेछ ।

खेल 〒169-0072 Tokyo, Shinjuku City, Okubo, 3 Chome-1-2 1F(Shinjuku Cosmic Sports Center)को खेल मैदानमा प्रचलित नियम अनुसार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया