Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन् । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ ।

तपाईको प्रतिक्रिया