Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – फिफा विश्वकप २०२६ छनोट अन्तर्गत कन्मेबोल अर्थात् दक्षिण अमेरिकी छनोटका खेलमा दुई महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । अर्जेन्टिनाले उरुग्वे विरुद्ध हार बेहोर्दा ब्राजिल भने कोलम्बिया विरुद्ध पराजित भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्जेन्टिनाको घरेलु मैदान ला बम्बनेरामा भएको खेलमा पाहुना टोली उरुग्वेले २-० को जित हात पारेको हो । उरुग्वेका लागि बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो र लिभरपुलका डार्विन नुनेजले एक एक गोल गरे ।

अनुभवी प्रशिक्षक मार्सेलो बिएल्साको प्रशिक्षणमा गत महिना ब्राजिल विरुद्ध सहज जित निकालेको उरुग्वेका लागि ४१औं मिनेटमा आराउहोले अग्रता दिलाएका थिए । माटियास भिनाको क्रसमा राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए । खेलको दोस्रो गोल भने ८७औं मिनेटमा नुनेजले गरे । निकोलस डे ला क्रुजको थ्रु-पासमा उनले गोल गर्दै जित सुनिश्चित गरे ।

जित पछि उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । उरुग्वेको पाँच खेलमा ३ जित, १ बराबरी र १ हारसहित १० अंक पुगेको छ । पराजित अर्जेन्टिनाको भने पाँच खेलमा चार जित सहित पहिलो स्थानमा छ ।

अर्को खेलमा कोलम्बियाले ब्राजिल विरुद्ध पुनरागमन जित निकालेको हो । ब्राजिलले खेलको चौथो मिनेटमा नै ग्याब्रिएल मार्टीनेलीको गोल बाट अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुग्यो ।

लिभरपुलका विंगर लुईस डीयाजले खेलको ७५औं र ७९औं मिनेटमा दुई गोल गर्दै खेलमा आफ्नो टोलीको पुनरागमन गराए ।

हार पछि ब्राजिल ५ खेलमा २ जित, १ बराबरी र २ हार सहित ७ अंक बटुल्दै पाँचौं स्थानमा छ । कोलम्बिया भने ५ खेलमा २ जित र तीन बराबरी सहित अपराजित रहँदै ९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया