Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ बजे सुरु हुनेछ। नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो।

पहिलो खेलमा बुधबार युएईलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको नेपालका लागि घरेलु समर्थकमाझ लगातार दोस्रो खुसी साट्ने अवसर रहेको छ। कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराउन सक्यो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो। सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

 

तपाईको प्रतिक्रिया