Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाल, यूएई र हङकङबीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो । टस जितेर फिल्डिङ रोजेको नेपाललाई यूएईले १ सय ४१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १८.५ ओभरमा यूएईले दिएको लक्ष्य ३ विकेट गुमाउदै पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३४ रनको अविजित इनिङ खेले। त्यसअघि ओपनर कुशल भुर्तेलले १४ रन बनाउँदा आशिफ शेख २३ रनमा आउट भए। त्यस्तै कुशल मल्लले ११ रन बनाएका थिए। युएईका लागि निलन्सा केशवानाले १-१ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया