Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ। यसअघि पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको थियो। गए राति सम्पन्न श्रीलंका विरुद्धको खेलमा भने पाकिस्तान ६ विकेटले विजयी भयो। श्रीलंकाले टस जितेर शुरूमा ब्याटिङ गर्ने निर्णय लिएको थियो। श्रीलंकाली ब्याटर कुशल मेन्डिस र सदीरा समराविक्रमाले क्रमशः १२२ र १०८ रनको शतकीय पारी खेलेका थिए। श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३४४ रनको विशाल स्कोर बनाउँदै पाकिस्तानलाई ३४५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान एक समय सात ओभर दुई बलमा ३७ रनमा दुई विकेट गुमाएर कमजोर अवस्थामा पुगिसकेको थियो। तर, पाकिस्तानको लागि विश्वकपमा डेब्यू खेल खेलिरहेका ओपनर अब्दुल्लाह शफिकले उत्कृष्ट पारी खेल्दै १०३ बलमा ११३ रन बनाए। उनले पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानसँग राम्रो साझेदारी बनाउँदै पारी सम्हाल्दै लगे। रिजवानले पनि १२१ बलमा अविजित १३१ रनको उत्कृष्ट पारी खेले। उनी ‘प्लेयर अफ द म्याच’ भए। सउद शकील र इफ्तिखार अहमदले क्रमश ३१ र २२ रन बनाएपछि पाकिस्तानले कीर्तिमानी जित हासिल गर्‍यो। विश्वकप इतिहासमा हालसम्म कुनै पनि टोलीले यति ठूलो लक्ष्य सफलतापूर्वक पछ्याएका थिएनन्।

यसअघि आयरल्यान्डले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्दै कीर्तिमान रचेको थियो। जितसँगै अंकतालिकामा पाकिस्तान चार अंक सहित दोस्रो स्थानमा छ। नेट रनरेटका आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा छ। श्रीलंका भने दुई खेलमा दुई हार सहित अंकविहीन हुँदै आठौं स्थानमा छ।पाकिस्तानले अब आफ्नो तेस्रो खेल भारत विरुद्ध खेल्नेछ। शनिबार यी दुई टोलीबीच अहदावादस्थित नरेन्द्र मोदी रंगशालामा खेल हुनेछ। श्रीलंकाले भने अस्ट्रेलियाको सामना गर्नेछ।यस्तै, हिजै भएको इंग्ल्यान्ड र बाङ्लादेश विरुद्धको खेलमा इंग्ल्यान्ड १३७ रनले विजयी भयो। इंग्ल्यान्डका लागि डाविड मलानले १०७ बलमा १४० रन बनाए। उनी खेलको प्लेयर अफ द म्याच भए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया