Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । नेपालका लागि कुशल मल्लले ३४ बलमा मै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे ।

१९औं एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङ्गोलिया विरुद्धको खेलमा बायाँ हाते ब्याटर कुशलले ३४ बलमा शतक बनाएका हुन्। उनले २९७ को स्ट्राइक रेटमा ३४ बलमा १०१ रन बनाएका हुन्। यसअघि टी ट्वेन्टी अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्स विरुद्ध खेल्नेछ। यो समूहमा शीर्षस्थानमा रहन सके नेपाल क्वार्टरफाइनल प्रवेश गर्नेछ। क्वार्टरफाइनलमा भने नेपालले भारत, बाङ्लादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसँग खेल्ने छ। पाँच वटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एशियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन्।

तपाईको प्रतिक्रिया