Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पुष्टि भएको छ । काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ६ र तार्केश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्ड फ्लु देखिएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म तथा रामकोट र तारकेश्वरको निजी फार्ममा कुखुरा र टर्की मर्न थालेपछि नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको उहाँले बताउनुभयो । ती सबै फार्मका पक्षी तथा पक्षीजन्य वस्तु नष्ट गरिएको छ । खुमलटारमा २ सय १७ वटा कुखुरा, २ हजार ५ सय ३० वटा अन्डा र २ सय ५० किलो दाना नष्ट गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । यस्तै तारकेश्वरमा ९ सय ४० वटा कुखुरा र एक सय किलो दाना तथा रामकोटमा चार हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

उपत्यकामा बर्ड फ्लु पुष्टि भएकाले थप परीक्षण र नियन्त्रणको प्रयास भइरहेको भन्दै प्रवक्ता ढकालले सावधानी अपनाउन पक्षी पालकहरुलाई आग्रह गर्नुभयो ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया