Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न अदालतले आदेश दिएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारवाही अघि बढाउने आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनको निवेदनउपर सुनुवाईपछि न्यायाधीश धु्रवराज नन्द ररमेश ढकालको संयुक्त अदालतले धरौटीमा उनलाई छाडन् आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो । त्यसयता लामिछानेलाई केन्द्रीय कारागार सुन्धारामा राखिँदै आएको थियो । उक्त आदेशको विरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतले गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो ।

बलात्कार मुद्दामा पीडित भनिएकी किशोरीको नाबालिग नरहेको सन्दीप पक्षका वकिलहरुको दावी छ । उनको जन्मदर्तामै विवाद देखिएको छ । सन्दीपलाई असार २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया