Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – पब्जी मोबाइल विश्व च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं महानगरका मेयर बालेन शाहसँगै स्वदेश फिर्ता भएको छ । आइतबार नेपाली टोली ‘डीआरएस गेमिङ’ले आयोजना गरेको पब्जी मोबाइल विश्व च्याम्पियनसिप प्रतियोगितामा दोस्रो स्थान हात पारेको थियो।

मलेसियामा भएको प्रतियोगितामा नेपाली टोलीले दोस्रो स्थान हात पार्दै सोमबार साँझ स्वदेश फिर्ता भएको हो । पब्जी टोलीसँगै मेयर बालेन शाह पनि विदेश भ्रमण टुंग्याएर स्वदेश फिर्ता भएका छन् । नेपाली टोलीलाई हौसला दिन बालेन शाह मलेसिया पुगेका थिए ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत नेपालले दोस्रो स्थान हात पार्नु ऐतिहासिक सफलता भएको बताएका थिए। उनले यो जित नेपाली खेलकुदमा सबैभन्दा ठूलो सफलता भएको समेत बताएका थिए।

 

तपाईको प्रतिक्रिया