Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

खेलको निर्धारित समय २/२ गोलको बराबरमा सकिएको थियो । त्यसपछि धकेलिएको अतिरिक्त समयको अन्तिममा संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताएका हुन् । मेसुके ओलामाउ अघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका थिए । त्यसअघि संकटाका लागि सुरज ज्यू ठकुरी र मेसुकेले एकएक गोल गरेका थिए । बीवाइएससीका लागि रेने सान्टिलोन र विल्स ग्रिफितले एकएक गोल गरे ।

प्रतियोगिताको विजेता संकटा ले १२ लाख रुपैयाँ पाएकाे छ भने उपविजेता बीवाइएससीले ६ लाख रुपैयाँमै चित्त बुझाएकाे छ ।

 

तपाईको प्रतिक्रिया