काठमाडौं – विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन् । चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । बेन्जिमा स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड हुन्।
फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको राम्रो सम्बन्ध नभएको मानिन्छ । १५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन्। ***








