काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले डिसेम्बर १५ (मंसिर २९)गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको क्यानले जनाएको छ ।
लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्याउने पक्षमा क्यान आफैं पुगेको थियो । भारतीय पूर्व क्रिकेटर प्रभाकर चार महिनाअघि प्रशिक्षक नियुक्त भएका थिए ।








