Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । स्पेनले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो ।

खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । जापानले दोस्रो हाफको सुरुवातमै गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा तानाकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोडेको छ । ***

तपाईको प्रतिक्रिया