Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामीले भिसा आबेदनका बेलामा बुझाउने फिनान्सियल स्टेट्मेन्ट (खेस्सान्स्यो) को अध्यागमन स्क्रिनिङबारे जानकारी गराउने जमर्को गरिएको छ ।
फिनान्सियल स्टेट्मेन्ट बिजनेश म्यानेजर भिसाको नवीकरण गर्ने, भिसा परिबर्तन गर्ने अनि इलिजिबिलिटी आबेदनको बेलामा तपाईको कम्पनी वा तपाईले काम गर्ने कम्पनीको वित्तीय आय-ब्यय स्थितिको जानकारी गराउन पर्ने हुँदा अध्यागमनमा बुझाउन आवश्यक छ । कम्पनीको वित्तीय विवरण चेकजाँच गरी भविष्यमा व्यवसायको निरन्तरता, स्थिरता रहन्छ कि रहँदैन भन्ने अध्यागमनले अध्ययन गरी फैसला गर्ने हुँदा त्यसबारे जानकारी हुनु आवश्यक छ । अध्यागमनद्वारा चेकजाँच हुने वित्तीय विवरणका बारेमा यहाँ बुँदागतरुपमा उल्लेख गरिएको छ ।

अध्यागमन ब्यूरोको दिशानिर्देशहरूः
कम्पनीको विभिन्न व्यापार गतिविधिअनुसार घाटा पनि हुन सक्ने हुँदा व्यापारको निरन्तरता हुन सक्ने वा नसक्ने, वित्तीय विवरणको आधारमा दुई बर्षको अवस्था पुष्टिकरण गरी निम्न मापदण्डको आधारमा चेकजाँच गर्ने गरिन्छ ।
(क) अघिल्लो बर्षको फिनान्सियल स्टेट्मेन्ट वा यो बर्षको फिनान्सियल स्टेट्मेन्टको वार्षिक कुल नाफा (Gross Profit) भएको अवस्थामा –
केस (१) यो बर्षको फिनान्सियल स्टेटमेन्टको ब्यालेन्स शिटमा (剰余金 – Retained earnings)  कम्पनी बनाएदेखिको हालसम्म नाफा भएमा यो बर्षको फिनान्सियल स्टेट्मेन्टमा खुद नाफा छ, र ब्यालेन्स शिटमा कम्पनीको सुरुवातीदेखि अहिलेसम्मको (剰余金 – Retained earnings) प्लसमा छ भने व्यापार निरन्तरतामा कुनै समस्या छैन भन्ने बुझिन्छ । यो बर्षको फिनान्सियल स्टेट्मेन्ट मा १ बर्षको घाटा भएपनि ब्यालेन्स शिट 剰余金 मा प्लस भए ब्यापारको निरन्तरताका लागि ठूलो समस्या हुँदैन र व्यापार निरन्तरता गर्न सक्छ भन्ने फैसला हुनसक्छ ।
केस : -(२) यो बर्षको फिनान्सियल स्टेट्मेन्टको ब्यालेन्स शिटमा माइनस भएमा यो बर्षको ब्यालेन्स शिटमा धेरै घाटा (धेरै ऋण) नभएको अवस्थामा ब्यापारमा कुनै शंका नभएको अवस्था र ब्यापार योजनाको विवरण अथवा उधारो (ऋण) योजनाहरुको आधारमा भविष्यमा ब्यापारको निरन्तरतामा समस्या नभएको बुझी फैसला हुनसक्छ । यो बर्षको ब्यालेन्स शिटमा धेरै माइनस (धेरै ऋण) छ तर अघिल्लो पटकको ब्यालेन्स शिटमा धेरै माइनस नभएको अवस्थामा धेरै माइनस हुनु भनेको कम्पनीको विश्वसनीयता घट्ने र ब्यापारको निरन्तरता जोखिममा रहेको अर्थ लाग्ने हुँदा निरन्तरता हुनसक्छ भन्ने फैसला गर्न गाह्रो हुन्छ र माइनस १ बर्षमात्र भए भविष्यमा माइनस अथवा ऋण हटाउन सक्ने सुधार योजना पुष्टी गरी ब्यापार निरन्तरताको मान्यता दिन्छ । कम्पनीको सुधार योजना लाइसेन्स प्राप्त ब्यक्ति (जस्तै जेइरीसी) बाट बनाएको हुनुपर्छ । यो बर्ष र गएको बर्षको ब्यालेन्स शिटमा दूवै बर्ष नै धेरै माइनस भएको अवस्थामा लगातार दुई बर्षसम्म धेरै ऋण जारी भइराख्यो भने व्यवसाय गम्भीर अवस्थामा छ र सुधारिएको छैन भन्ने पुष्टि गरी ब्यवसाय निरन्तरता गर्न सक्दैन भन्ने ठहर गरी सोहीअनुसार फैसला हुनसक्छ । अत्यधिक ऋण (Excessive debt) भन्नाले सम्पूर्ण सम्पति (Total Net Assets) माइनसमा रहेको भन्ने अर्थ हो ।

(ख) अघिल्लो बर्षको फिनान्सियल स्टेट्मेन्ट अथवा यो बर्षको फिनान्सियल स्टेट्मेन्टको वार्षिक कुल नाफा माइनस भएको अवस्थामा वार्षिक कुल नाफा माइनस भन्नुको अर्थ सेल्स भन्दा फुड एण्ड वेभरेज (रेस्टुरेन्ट क्षेत्रमा) लागत बढी हुनु हो, त्यसैले यसलाई सामान्यतयाः ब्यापार सञ्चालन मानिदैंन । १ बर्ष मात्रको अवस्थामा पूँजी तथा उधारोबाट निरन्तरता दिइयो भनि सोच्न सकिए पनि लगातार दुई बर्षसम्म वार्षिक कुल नाफा माइनस हुनु भनेको ब्यवसायको निरन्तरता माथि प्रश्नचीन्ह लागेको भन्ने अर्थ लाग्ने हुँदा सोहीअनुसारको फैसला हुनसक्छ र भिसा दिने संभावना रहँदैन । यी विवरण न्याय मन्त्रालयको अध्यागमन ब्यूरोले जारी गरेको विदेशी व्यवस्थापकहरूका लागि भिसा स्थितिका सम्बन्धमा मापदण्ड भन्ने महलमा उल्लेख छ ।
कतिपयले लामो अवधि अर्थात १ बर्षबाट ३ वा ५ बर्षको भिसा पाउने आशयले मासिक तलब बढाउने गरेको पाईन्छ तर कम्पनीको आर्थिक पाटो घाटामा छ भने जति तलव बढाए पनि, जति ब्यक्तिगत कर तिरे पनि ३ वा ५ बर्षको भिसा पाउने संभावना रहदैन ।
फिनान्सियल स्टेट्मेन्ट भनेको व्यापार सञ्चालन गरिरहेको भन्ने कम्पनीको बलियो आर्थिक प्रमाण भएकोले वित्तीय विशेषज्ञ (जेइरिसी) को परामर्शमा तयार गरी कर कार्यालय वा अध्यागमन ब्युरो लगायतका सम्बन्धित निकायमा बुझाउनु उपयुक्त हुन्छ ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mobile 070-4339-4972

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया