Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ ।

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका- ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो ।

सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया