Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संघीय संदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो ।

आज बस्ने भनिएको बैठकमा दुवै संसदको बैठक सञ्चालन सम्बन्धी नियमावली पेश गर्ने कार्यसूचि थियो । दुवै सदनको निमावली बनाउने गठित संयुक्त नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावली बैठकमा पेश जनाइएको थियो । नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ ।

यसैगरी संयुक्त सदनबाट निर्क्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समावेश छ । प्रस्तावित नियमावली अनुसार संयुक्त बैठकको अध्यक्षता अहिले अभ्यास भइरहेअनुसार नै प्रतिनिधिसभाका सभामुखले गर्नेछन् । संयुक्त नियमावली अनुसार दुवै सदनका सदस्य रहनेगरी दुई समिति गठन हुनेछन् ।

तपाईको प्रतिक्रिया