Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – यो वर्षको कोरियन भाषा परिक्षा आज सकिएको छ । हिजो र आज भएको परीक्षामा ७४ हजार ८ सय ६६ जनाले परीक्षा दिएका छन् । ८२ हजार २ सय ६४ जनाले फारम भरेकामा ७ हजार ३ सय ९८ जना परीक्षामा उपस्थित भएनन् ।

काठमाडौं र पोखरामा सञ्चालन भएको परीक्षामा शनिबार र आइतबार गरी २ सय ४७ जना नक्कली परिक्षार्थी पक्राउ परेको ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा असार १६ गते आउने छ । कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित गर्ने मिति पहिल्यै निर्धारण गरिएको हुन्छ । यस वर्ष कोरियाले ७ हाजर १ सय लैजाने छ ।

तपाईको प्रतिक्रिया