Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

जनकपुरधाम – जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) रामपरीक्षण यादवमाथि युवाहरूको  समूहले कालो मोसो (मसी) दलेका छन् ।

यादवलाई कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको युवाहरुको समूहलार्इ मेसु यादवले हप्काएपछि उनीहरूले मसी शरीरमा खन्याइदिएका हुन् । जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै तरुण दल, नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन र स्थानीय युवाहरुको समूहले आइतबार दिउँसो मेसु यादवलाई ज्ञापनपत्र बुझाउन गएको थियो ।

दुई दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको बिरामीका परिवारले दावी गरेका छन् । घटनामा  संलग्न रहेको भन्दै तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

तपाईको प्रतिक्रिया