काठमाडौं – आपसी विवादमा भक्तपुरमा एक व्यक्तिले छुराले हानेर आफ्नै छोराका हत्या गरेका छन् । चाँगुनारायण नगरपालिका-५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीले छोराको हत्या गरेका हुन् ।
उनले १२ बर्षीय छोरा प्रतिक गिरिलाई छुरी प्रहार गरेका हुन् । पारिवारीक झगडामा उनले छुरा हानेका हुन् । भक्तपुर अस्पताल हुदै थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
पहलमानलाई प्रहरीले पक्राउ गरेको छ।








