Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – राष्ट्रियसभा सदस्यहरुको कार्यकाल असार ४ गते गोलाप्रथाबाट तय गरिने भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने प्राबधान छ । सोही अनुसार राष्ट्रियसभा नियमावली बनेको हो ।

नियमावली अनुसार पहिलो पटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै ४ वर्ष तोकिनेछ । बाँकी २० जना को पदाबधि भने ६ वर्ष पूरा हुनेछ । दलित र अल्पसंख्यक अपांग कोटा बाहेक प्रत्येक प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सदस्य जो जुन क्लस्टरबाट निर्वाचित भएका हुन् उनीहरुकै बीचमा मात्र गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था गरिएको छ ।

कसरी हुन्छ गोलाप्रथा ?
नियमावलीमा भएको व्यवस्था अनुसार क्लष्टरअनुसार प्रतिनिधित्व भएका सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ । प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गरेका ३ जना खुला सदस्य र महिला सदस्यबीचमा गोलाप्रथा गरी २, ४ र ६ वर्षको कार्यकाल तय गरिनेछ । त्यसबाहेक सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने दलित सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ । त्यस्तै, अल्पसंख्यक तथा अपांगताको तर्फबाट प्रतिनिधित्व गर्ने सात सदस्यबीच पनि गोलाप्रथा गरिनेछ ।

राष्ट्रपतिबाट मनोनित ३ जनाबीच पनि त्यसैगरी हुनेछ भने राष्ट्रिय सभाका अध्यक्ष, सत्तापक्ष दलको नेता र विपक्षी दलको नेताबीच पनि गोलाप्रथा गरिनेछ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, सत्तापक्षीय दलको नेता दीनानाथ शर्मा र विपक्षी दलको नेता सुरेन्द्र पाण्डे एउटै प्रदेशबाट अर्थात् ४ नम्बर प्रदेशबाटै प्रतिनिधित्व गर्छन् । गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्षको समय तय गरिनेछ ।

 

तपाईको प्रतिक्रिया