Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क बनाउनका लागि दबाब दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकलाई लागू गराउन तत्काल कानुन निर्माण गर्न सरकारसँग माग पनि गर्नुभयो । संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै उहाँले त्यसलाई लागू गर्न कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हक लागु गराउन दबाब सिर्जना गर्न उहाँले विद्यार्थी संगठनहरुलाई आग्रह गर्नुभयो । सरकारले हुनेखानेकै पक्षमा शैक्षिक नीति लिएको भन्दै उहाँले असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया